अफगानिस्तानमाथि नेपालको जित
नुवाकोट । ताजकिस्तानमा जारी थ्री नेशन्स कपमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेको छ ।
डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो।
नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो। एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११) को जित निकालेको थियो। त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ।
साफका ती दुवै सेमिफाइनल (नयाँ दिल्ली २०११ र काठमाडौं २०१३) को भेटमा अफगानिस्तानले बाजी मार्याे। उसले पहिलो सेमिफाइनल अतिरिक्त समय र दोस्रो सेमिफाइनल नियमित समयमै जितेको थियो।
काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुगेको थियो। तर, यसपल्ट उनले नै नेपालको जर्सीमा गोल गर्दै नेपाललाई सहज जित दिलाए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गरे। सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया