प्रदेशले धेरै पूर्वाधार निर्माण गरेको छ : मुख्यमन्त्री लामा
नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुलुकमा संघीयता लागू भएपछि प्रदेशले धेरै पुर्वाधार निर्माणको काम गरेको दाबी गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा उनले विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा विकास भएको बताएका हुन् ।
‘प्रदेश आइसकेपछि पुर्वाधार निर्माण धेरै भएको छ । स्वास्थ्य क्षेत्रको धेरै सुधार भइसकेको छ,’ कन्क्लेभको दोस्रो दिन (बिहीबार) आयोजित पाँचौं सत्र ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ विषयक अन्तक्रिया कार्यक्रममा उनले भने, ‘शिक्षा, क्षेत्र र खानेपानीदेखि लिएर सबै क्षेत्रमा सुधार भएको छ ।’
प्रदेश नचाहिने जनगुनासोलाई प्रदेशले गरेको कामको प्रचारप्रसार गरेर चिर्न सकिने उनको भनाई छ । ‘प्रदेश नचाहिने भन्ने जनगुनासो छ । खर्च गर्ने क्षमता छैन, भनेर गुनासो भएको हो,’ उनले भने, ‘प्रदेशका चुनौती छन् । ती चुनौती चिर्न प्रदेशले गरेको कामको प्रचारप्रसार गर्न सक्नुपर्छ ।’
उनका अनुसार संघीयता लागू भइसकेपछि केन्द्रको तुलनामा प्रदेशले पूँजीगत खर्चमा सुधार गरेको छ । ‘प्रदेश स्थापना गर्दा धेरै खर्च भएन होला । विस्तारै वृद्धि गर्दै ७० प्रतिशतभन्दा बढी पूँजीगत खर्च भएको छ,’ उनले भने, ‘केन्द्रिकृत हुँदाभन्दा अहिले धेरै सुधार भइसकेको छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया