दुबई पठाइन्दिन्छु भन्दै ठगी गर्ने धादिङका गुरूङ पक्राउ
विदुर खबर
२०८१ कार्तिक २५ गते ९:०३
नुवाकोट । दुबई पठाइन्दिन्छु भन्दै ठगी गर्ने धादिङका एक युवक पक्राउ परेका छन् ।
वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया