नुवाकोटको त्रिशुलीमा छठको रौनक (फोटोहरु)
विदुर खबर
२०८१ कार्तिक २२ गते १९:१२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुलीमा छठ पर्वको मुख्य दिन आजसाँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।
बिहीबार त्रिशुलीको छठघाटमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु त्रिशुलीको छठघाटमा पुगेर छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए ।
कतिपय ब्रतालु बिहीबार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
नुवाकोटमा बसोबास गर्दै आएका तराईबासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । नुवाकोटको त्रिशुली नदिको विभिन्न स्थानमा छठ पूजास्थल बनाउनुको साथै छठपूजा गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया