स्कटल्याण्ड विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
विदुर खबर
२०८१ कार्तिक १३ गते २१:३४

नुवाकोट । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
डालासस्थित ग्राण्ड प्रेरी मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
अमेरिका विरुद्ध खेलेको नेपाली टिममा आझ एक परिवर्तन गरिएको छ । स्पीनर ललित राजवंशीको स्थानमा स्पीन ब्याटिङ अलराउण्डर कुशल मल्ल पहिलो रोजाईँमा खेल्दैछन् ।
कुशल मल्लको आगमनले नेपालको ब्याटिङ तलसम्म हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया