बट्टारमा सुर्यशक्ति ईभी चार्जिङ स्टेसन खुल्यो
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा सुर्यशक्ति ईभी चार्जिङ स्टेसनको आज उद्घाटन गरिएको छ ।
चार्जिङ स्टेसनको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । नुवाकोटमा पहिलोपटक व्यक्तिगत लगानीमा निजि क्षेत्रबाट चार्जिङ स्टेसन निर्माण गरिएको हो । बट्टारका व्यवसायी शैलेन्द्रकुमार श्रेष्ठले चार्जिङ स्टेसन निर्माण गरेका हुन् ।
चार्जिङ स्टेसनको उद्घाटन गर्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लामा निजि क्षेत्रबाट चार्जिङ स्टेसन खुल्नु आफैमा सुखद रहेको बताए । उनले सरकारको नितिलाई व्यवसायीहरुले साथ दिँदै आएकोले सरोकारवाला निकायले निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
यस्तै संचालक शैलेन्द्रकुमार श्रेष्ठले पैसाको लागि भन्दा पनि सबैलाई सुविधा दिने हेतुलेृ चार्जिङ स्टेसन निर्माण गरिएको बताए ।
चार्जिङ स्टेसनमा विद्युतीय कार र विद्युतीय भ्यान दुबै चार्ज गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया