दोस्रो सुर्यगढी वडास्तरीय दशैँ कप फुटवल प्रतियोगिता सम्पन्न

विदुर खबर २०८१ कार्तिक १ गते १५:१७
उपाधि विजेता टोली ।

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकामा दोस्रो सुर्यगढी वडास्तरीय दशैँ कप फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

सुर्यगढी नव युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधि घरेलु टोली सुर्यगढी नव युवा क्लबको ए टिमले हात पारेको हो । फाईनलमा आमभन्ज्याङ युवा क्लबलाई २–० गोलको अन्तले पराजित गर्दै आयोजक टोलीले उपाधीमाथि कब्जा जमाएको हो ।

प्रतियोगिताको विजेता बनेको सुर्यगढी नवले नगद ६० हजार रुपैयाँको साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । यस्तै दोस्रो भएको आम भन्ज्याङ युवा क्लबले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥र्यो ।

Advertisement

फाईनल खेलमा गोल गरेका सुर्यगढी नव युवा क्लबका रामराजा श्रेष्ठ उत्कृष्ट गोलकर्ता घोषित भए । यस्तै सुर्यगढी नव युवा क्लबकै राजु तामाङ उत्कृष्ट खेलाडी भए भने प्रल्हाद तामाङ उत्कृष्ट गोलकिपर बनेका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले गरेका थिए ।

Advertisement

प्रतियोगिताको समापन कार्यक्रममा बाग्मती प्रदेश फुटबल संघका सदस्य एबम नुवाकोट युनाइटेड फुटबल क्लबका अध्यक्ष राम कुमार कोइराला, सुर्यगढी ३ का वडाध्यक्ष पिङल बहादुर थापामगर ,सुर्यगढी २ का वडाध्यक्ष दिपक अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया