सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

विदुर खबर २०८१ कार्तिक १ गते ११:३५

नुवाकोट । बिहीबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ ।

Advertisement

यो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुुनको मूल्य प्रति तोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, यो दिन चाँदीको मूल्य भो स्थीर छ। चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३९ हजार २३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ कायम भएको छ।

Advertisement

अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ३८ हजार ७२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया