धादिङमा पिङ संरक्षणमा स्थानीय सरकारको पहल
नुवाकोट । दशैँ लागेसँगै धादिङका ग्रामीण भेगहरूमा परम्परागत संस्कृतिको जगेर्ना गर्ने भन्दै लोप हुँदै गएको विभिन्न प्रकारका पिङ्गहरु बनाइएका छन ।
विशेषगरी, काठबाट बनाइएको रोँगटे र जाँतेलगायतका पिङहरुमा स्थानीयले थप मेहनत गरेका छन । लिङ्गे पिङ भने बर्सेनी बनाउने भएकोले मानिसहरू यसमा अभ्यस्त छन। पिङ निर्माणसँगै गाउँ घरमा वडा दशैँको रौनक ल्याएको छ ।
मनोरञ्जनका साधनको रूपमा विशेष गरी वडा दशैँको वेला गाउँघर तिर बाबियोको डोरी बाटी सामूहिक रूपमा लिङ्गे पिङ बनाउने चलन पुर्खौँदेखि चल्दै आएको छ ।
यसले एकातिर मनोरञ्जनका लागि निकै सहयोग पुग्ने र गाउँघरमा भएका साथीहरुसँगको सम्बन्ध बढ्ने अनि भेटघाट गर्ने अवसर जुट्ने गरेको स्थानीयको भनाइ छ।
यसो त काठबाट बनाइने रङे पिङ बनाउनका लागी भने विशेष सीप भएको मानिसहरूको आवश्यक पर्ने र अहिलेको युवा पुस्तामा त्यस्ता खालका सिप भएको मानिसहरूको कमीका कारण पनि रङटे पिङ लोप हुँदै गएको हो ।
यसका साथै काठको समेत अभावले गर्दा पनि रोङटे र जाँते पिङ हराउँदै गएको भनाइ बुढापाकाहरूको छ । धादिङको विभिन्न स्थानीय तहहरूले परम्पराको जगेर्ना गर्नुपर्छ भन्दै पिङ निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराएका छन ।
काठको बलियो खाँबो र काठकै पिर्काहरूको प्रयोग गरी जाँते र रोँगटे पिङ बनाइन्छ । यो पिङ अन्य लिङ्गे पिङ भन्दा निकै खर्चिलो पनि हुन्छ ।
यस वर्ष भने धादिङका धेरै जसो स्थानीय तहले नै पिङ निर्माणका लागि काठ र कर्मीसमेत उपलब्ध गराएको थियो। खासगरी दशैँको टिकाको दिन मान्यजनहरूको हातबाट टिका जमरा ग्रहण गरेपछि नयाँ कपडा लगाई एक पटक धर्ती छाड्नु पर्छ भन्ने मान्यता रहेकोले पिङको महत्त्व वडा दशैँसँग अझ बढी जोडिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया