अपडेट : नुवाकोटमा हाइलक्स र्दुघटना, एकको मुत्यु
नुवाकोट । नुवाकोटको काफलडांडामा गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
चालकसहित पाँच जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका ८ काफलडांडामा शनिवार काठमाडौवाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा रहेको बा १४ च ३८५४ नम्बर को निजी हाइलक्स गाडी सडकमार्गवाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा काठमाडौँको तारकेश्वर नपा ९ का ५८ वर्षीय उपेन्द्र खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
छहरे–टोखा–गँगटे–गल्छी सडक मार्गको बिचमा रहेको काफलडांडाको दुर्घटनामा परि चालक काठमाडौँको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षिया हरिकला खनाल र ५१ वर्षिया गायत्री खनाल घाइते भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्र खनालको काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटना लगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरूको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया