सडक छिटो मर्मत गर्न अध्यक्ष अधिकारीको निर्देशन
विदुर खबर
२०८१ असोज १८ गते २१:४७
नु्वाकोट । ताकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गाउँपालिका भित्रका सबै सडकको मर्मतसंहार र सरसफाइ कार्य द्रुतगतिमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
शुक्रवार बसेको गाउँपालिकाको बैठकमा बोल्दै अधिकारीले गत साताको भारी वर्षाले क्षति पुर्याएका सडक लगायत गाउँपालिका भित्रका सबै सडक तत्काल मर्मत गर्न निर्देशन दिएका हुन् ।
दसैंका लागि आवागमन सहज गर्न मर्मत र सरसफाइको काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष अधिकारीले आआफ्नो वडामा सक्रियतापूर्वक खटिएर द्रुत गतिमा काम सम्पन्न गर्न सबै वडाध्यक्षहरुलाई निर्देशन दिए ।
अध्यक्ष अधिकारीले समृद्ध तारकेश्वर निर्माणको अभियान सफल पार्न सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै राजनीतिक आग्रह पूर्वाग्रहलाई बिर्सेर विकासका काममा हातेमालो गर्न सबै दलका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया