स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा आयो
विदुर खबर
२०८१ असोज १४ गते २१:००

नुवाकोट । स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सोमबार साँझ ६ बजेदेखि यो सडक सञ्चालनमा आएको हो ।
अहिले मझौला र साना गाडीलाई यो सडक खण्डमा जोखिम नरहेको र ठूला गाडीका लागि केही जोखिम हुने भन्दै प्रशासनले सचेत भएर यात्रा गर्न भनेको छ ।
ठाउँ-ठाउँमा पहिरो खस्ने भएकाले प्रहरीसँग समन्वय गरी यात्रा गर्न समेत प्रशासनले सचेत गराएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया