नुवाकोटमा घटस्थापनाबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने
विदुर खबर
२०८१ असोज १३ गते २१:०२
नुवाकोट । नुवाकोटमा दसैँका लागि लक्षित गरी असोज १७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ ।
नमस्ते पासाङल्हामु यातायात प्रालिले एक सुचना जारी गर्दे दशैँको लागि असोज १७ गते घटस्थापनाको दिनदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने बताएको हो ।
काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको यातायात व्यवसायीहरुले बताएका छन् ।
हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया