धादिङमा पहिरोमा परि एक जनाको मृत्यु

विदुर खबर २०८१ असोज १२ गते १९:३२

नुवाकोट । बाढी र पहिरोका कारण धादिङमा एक जनाको मृत्यु भएको छ ।

Advertisement

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट धादिङमा मृत्यु हुनेको संख्या एक रहेको हो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतका अनुसार धादिङमा एक जनाको मृत्यु भएको छ भने एक जना नै घाइते भएका छन् ।

Advertisement

बाढी र पहिरोका कारण धादिङमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया