पहिरोले बालाजु-ककनी-रानीपौवा सडक अवरुद्ध

विदुर खबर २०८१ असोज १२ गते १८:२८

नुवाकोट । लगातारको वर्षापछि आएको पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

Advertisement

पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ आठमाइलमा पहिरो आउँदा सडक दुबैतर्फ अवरोध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विहान करिव ९ बजेतिर आएको पहिरोले सडक अवरुद्ध बनेको स्थानियले बताएका छन् ।

यसैविच अविरल वर्षापछि आएको पहिरोले नुवाकोटको विभिन्न स्थानमा क्षति पुराएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार पहिरोले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ केउरीपानीस्थित भुवनेश्वर खतिवडाको घर पुरेर क्षति पुराएको छ । यस्तै पहिरोले ४ वटा बाख्रा र २ वटा गाई मरेको बताइएको छ ।  सोही स्थानकै सरस्वती खतिवडाको निधारमा सामान्य चोट लागेकोमा उपचारको लागि त्रिशुली अस्पताल पठाइएको छ ।

Advertisement

यता ककनी गाउँपालिका वडा नम्बर ४ सिस्नेरीकी सबिना तामाङको घरमा पहिरोले पुर्ण रुपमा क्षति गरेको छ । त्यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर ५ पहिरेबेशीका सुबबहादुर तामाङले संचालन गरेको रिभरसाईड रिसोर्ट एण्ड रेष्टुरेण्टमाबाढीले क्षति पुराएको छ ।

पन्चकन्या गाउँपालिका वडा नम्बर ५ गिरी टोलका दिपक गिरीको कुखुराको खोरममा ग्यास सिलिन्डर लिक भई आगोलागि हुँदा झण्डै १४ सय वटा कुखुराको चल्ला र १० बोरा कुखुराको दाना जलेर नष्ट भएको छ ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीका न्त बहादुर तामाङको घरमा पहिरो झरेर क्षति पुराएको छ ।

नुवाकोटमा बाढी र पहिरोको कारण कुनैपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया