धादिङको किसानले हरियो तरकारी बेचेर २५ करोड भित्र्याए
नुवाकोट । बेनी घाट रोराङ्ग गाउँपालिकाका किसानहरूले आर्थिक वर्ष २०८०–८१मा ५७ लाख मेट्रिक टन हरियो तरकारी उत्पादन गरी करिब पच्चिस करोड पचास लाख रकम गाउँ भित्र्याउन सफल भएका छन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हरियो तरकारी उत्पादनमा केही कमी आएको भए पनि आम्दानीमा भने खासै कमी नभएको तरकारी सङ्कलन सहकारी केन्द्रको भनाई छ ।
आर्थिक वर्ष २०७९ –८०मा ६५ लाख मेट्रिक टन हरियो तरकारी उत्पादन गरी बिक्री गरेर करिब २६ करोड रकम किसानहरूले सो गाउँमा भित्र्याएका थिए । गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा बेनी घाट रोराङ्ग गाउँपालिकामा आठ लाख मेट्रिक टन तरकारी कम उत्पादन भएको छ।
किसानहरूले उत्पादित तरकारीको मूल्य निकै राम्रो पाएकोले उत्पादनमा कमी आएको भए पनि आम्दानीमा खासै गिरावट नभएको किसानहरूको भनाई छ ।
उत्पादन भएको तरकारीले सिजनमा मूल्य नपाउनु र खेर फल्नु परेकोले व्यवसायीक तरकारी उत्पादन गर्ने किसान समेत घटेको छन्। गाउँबाट युवाहरू रोजगारीको अवसर लगायत विभिन्न कारण देखाउँदै वैदेशिक रोजगारीमा जानुका साथै सरकाले तरकारी उत्पादक किसानहरूलाई खासै सहयोग नगरेका कारण पनि यस प्रति किसानहरूमा निराशा बडेको देखिन्छ ।
गत वर्ष यस सिजनमा भन्दा चालु वर्षमा भने हरियो तरकारीको मूल्य प्रतिकिलो पाँच रुपैयाँदेखि दश रुपैयाँसम्म बडेको किसानहरूको भनाई छ ।
गत आर्थिक वर्षमा करिब सतासी लाख मेट्रिक टन हरियो तरकारी जिल्लामा उत्पादन भई विक्री भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र धादिङसँग रहेको छ ।
धादिङमा उत्पादित हरियो तरकारीको मुख्य बजार राजधानी काठमाण्डौ लगाएत चितवन र पोखरा हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया