अध्यक्ष अधिकारीद्धारा मौलिक पोषाक अनिवार्य लगाउन निर्देशन
नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले मौलिक संस्कृति झल्किने पोषाक अनिवार्य लगाउन निर्देशन दिएका छन् ।
तारकेश्वर गाउँपालिकाले प्रत्येक साताको बुधबार अनिवार्य रुपमा मौलिक संस्कृति र पहिचान झल्काउने पोषाक लगाउन दिएको निर्देशनको प्रभावकारी कार्यान्वयन भए–नभएको र शैक्षिक सुधारका सम्बन्धमा गाउँपालिका अध्यक्ष अधिकारीले वडा नम्बर २ मा रहेको श्री कृष्ण माध्यामिक विद्यालयको बुधवार छड्के अनुगमन गर्दै अनिवार्य रुपमा मौलिक पोशाक लगाउन निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा केही शिक्षकहरुले मौलिक संस्कृति झल्किने पोषाक नलगाएको र विद्यार्थीहरुले न्यून संख्यामा मात्रै लगाएको पाइएकाले १५ दिनभित्र यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्न अध्यक्ष अधिकारीले निर्देशन दिएका थिए ।
उनले स्थानीय सरकारको निर्णयलाई अटेर गरी बसेमा आवश्यक कानुनी कारबाही गर्ने समेत चेतावनी समेत दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया