वडाध्यक्ष न्यौपानेले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुसँग जन्मदिन मनाए
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले आफ्नो ५५ औ जन्मदिन बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुसँग मनाएका छन् ।
वडा अध्यक्ष न्यौपानेले बुधवार विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको च्वाडी पब्लिक मावि अन्र्तगत रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा रहेका बालबालिकाहरुसँग खुशी साटेर जन्मदिन मनाएका हुन् । वडाध्यक्ष न्यौपानेले जन्मदिनको अवसर पारेर बौद्धक अपाङ्गता भएका विद्यार्थीहरुलाई फलफुल र लड्डु वितरण गरेका हुन् ।
उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाको गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चितताको लागि सबैले आआफ्नो क्षेत्रबाट आवश्यक कदमहरू चाल्नु अपरिहार्य रहेको समेत बताए ।
वडाध्यक्ष न्यौपानेले वडाको साधन र स्रोतले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र अभिभावकहरुको आवश्यकता पु्रा नहुने भन्दै संघ र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराए ।
विदुर ५ मा रहेको च्वाडी पब्लिक मावि अन्र्तगत रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अहिले ११ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।स्रोत कक्षामा अहिले खानेपानी लगायतको विविध समस्या देखिएको शिक्षकहरुले बताएका छन् ।
नेपालको संविधान, २०७२ को धारा ३१ मा आधारभूत तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको छ भने माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरिएको छ । त्यस्तै अपाङ्गता भएका बालबालिकालाई उच्च शिक्षासमेत निःशुल्क गरिने कानूनी व्यवस्था छ ।
अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा अधिकार सुनिश्चितता गर्न र पहुँच अभिवृद्धिका स्थानीय सरकारले उल्लेख्य कार्य गर्नु पर्ने सरोकारवालाको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया