इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु
एजेन्सी । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।
इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह गरेका छन् ।
आईडीएफका अनुसार हिजबुल्लाहले हालै इजरायलमा १५० रकेट प्रहार गरेको छ । यसको जवाफमा इजरायलले आफ्नो कारबाहीलाई तीब्र बनाएको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग कुराकानी गरेका छन् । ग्यालान्टले अमेरिकी रक्षामन्त्रीलाई हिजबुल्लाहको खतरा र इजरायलले यसविरुद्धको कारबाहीबारे जानकारी गराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया