नुवाकोटको तारकेश्वर गाउँपालिका पोके व्यापारी निषेधित क्षेत्र घोषित
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रलाई पोके व्यापारी निषेधित क्षेत्र घोषणा गरेको छ ।
शुक्रवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले एक विज्ञप्ती जारी गर्दै पालिका क्षेत्रमा पोके व्यापारीलाई प्रवेश निषेध गरेको बताएका छन् ।
अध्यक्ष अधिकारीले पालिका क्षेत्र भित्र घुमन्ते र पोके व्यवसाय गर्ने व्यक्तीहरुले अखाद्य, गुणस्तरहीन र म्याद गुज्रिएका सामान विक्री वितरण गर्ने, सोझा साझा जनतालाई विभिन्न प्रलोभन दिई ठग्ने, सामानहरु चोर्ने, तथा निषेधित वस्तुको चोरी निकाशी वा बेच विखन गर्ने जस्ता निषेधित कार्यहरु गर्ने गरेकोले पालिकाभित्र पोके व्यापारीहरुलाई निषेध गरेको विदुर खबरलाई जानकारी दिए ।
अधिकारीका अनुसार पोके र घुमन्ते व्यवसाय गर्नेबाट आजित र पीडित रहेका यस गाउँपालिकाका बासिन्दा तथा व्यवसायीहरुले पोके र घुमन्ते व्यपारीहरुलाई नियन्त्रण तथा निषेध गर्नका लागि अनुरोध गरेकोले उनीहरुलाई पालिका प्रवेश गर्न प्रतिवन्ध लगाएको उनले बताए ।
अध्यक्ष अधिकारीले गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न प्रहरी चौकीहरुमा समेत सुचना गरिएकोले सुचनाको अवज्ञा गर्नेहरुलाई कानुन अनुसार कारवाही गर्ने बताए ।
अध्यक्ष अधिकारीका अनुसार गाउँपालिका क्षेत्र भित्र व्यापार–व्यवसाय गर्दा अनिवार्य रुपमा कर कार्यालय तथा स्थानीय तहमा दर्ता गर्नुपर्ने नियम रहेकोले घुमन्ते र पोके व्यवसायीहरुलाई यस गाउँपालिका क्षेत्र भित्र प्रवेश निषेध गर्ने तयारी गरिएको छ ।
गाउँपालिकाले पोके व्यपार व्यवसायमा संलग्न व्यक्तीहरुलाई पहिलोपटक सचेत गराउने, तर अटेर गर्नेलाई जरिवाना गराई आवश्यक परेमा नियन्त्रणमा लिई कारवाहीका सम्बन्धित निकायमा पठाउने समेत बताएको छ ।
यस्तो छ गाउँपालिकाले जारी गरेको सुचना ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया