नुवाकोटमा सडक दुर्घटना न्युनिकरण गर्न सामुहिक प्रतिबद्धता

विदुर खबर २०८१ असोज ३ गते २१:२३

नुवाकोट । बढ्दो सवारी दुर्घटना न्यूनीकरण सामूहिक प्रयत्नबाट मात्र सम्भव रहेकामा सरोकारवालाले जोेड दिएका छन् ।

Advertisement

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नुवाकोटमा आजदेखि सुरु भएको ‘सवारी र्दुघटना न्युनिकरण गर्न सवारी चालकहरुले सामुहिक प्रतिवद्धता’ कार्यक्रमको उद्घाटन कार्यक्रममा सहभागीले ट्राफिक प्रहरी मात्र दुर्घटना रोकथाम र न्यूनीकरण गर्न पर्याप्त हुन नसक्ने बताएका हुन् ।

बिहिबार नुवाकोटको बट्टारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुत्त आयोजनामा भएको कार्यक्रममा बोल्दै सरोकारवाला निकायहरुले सडक र्दुघटना न्युनीकरणमा सामुहिक प्रतिवद्धता व्यक्त गरेका हुन् ।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बढ्दो सवारी दुर्घटना न्यूनीकरण सामूहिक प्रयत्नबाट मात्र सम्भव हुने बताए । उनले सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका ट्राफिक प्रहरी मात्र दुर्घटना रोकथाम र न्यूनीकरण गर्न पर्याप्त हुन नसक्ने बताएका हुन् ।

मेयर श्रेष्ठले ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको पाइएकाले दुर्घटना रोकथामका लागि ट्राफिक नियमको गम्भीरतापूर्वक पालन गर्नुपर्नेमा जोड दिए । “ट्राफिक नियमको पालना गराउने काम ट्राफिक प्रहरीको भए पनि नियम पालना गर्ने दायित्व हामी सबैको हो,” उनले भने, “प्रत्येक व्यक्तिले मैले ट्राफिक नियम मान्नुपर्छ भनेर नियमको पालना गर्नसक्ने खालको सामूहिकताले दुर्घटना स्वाभाविक रुपमा कम हुँदै जान्छ ।”

Advertisement

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नीतिनियम र अनुशासनको पालना सबै पक्षले गर्ने हो भने सवारी दुर्घटना बिस्तारै न्यूनीकरण हुँदै जाने बताए । उनले सवारी दुर्घटना रोकथामका लागि ट्राफिक प्रहरीको मात्र जिम्मेवारी हो भन्ने नागरिकको बुझाइलाई परिवर्तन गर्न सक्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले थोरै जनशक्ति रहेको ट्राफिक प्रहरीले मात्र चाहेर सवारी दुर्घटना कम गर्न नसक्ने बताए । उनले नागरिकदेखि सवारी चालक, यातायात व्यवसायी, यात्रु तथा पैदल यात्रु र आमनागरिकको सामूहिक अठोटको आवश्यकता रहेको बताए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरिक्षक अशुतोष बहादुर शाहीले सबै स्तरबाट ट्राफिक नियमको पालना गर्नसके सवारी दुर्घटना रोकथाम गर्न सकिने बताए । उनले सबैलाई ट्राफिक नियमका बारेमा शिक्षा दिने, सडक जोखिमपूर्ण नहुने र नियामक निकायले नियमका कडाइका साथ पालना गर्न÷गराउन लागिपर्ने हो भने धेरै हदसम्म दुर्घटना रोक्न सकिने बताए ।

कार्यक्रममा सडकमा ट्राफिक प्रहरीले सम्भावित दुर्घटना रोकथामका लागि निरन्तर प्रयाससँगै समुदाय, नागरिक, चालक, यात्रु तथा यातायात व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके दुर्घटना रोकथाम र न्यूनीकरण गर्न सकिने विश्वास सरोकारवालाहरुले व्यक्त गरेका छन् ।

प्रतिक्रिया