भलिवल प्रतियोगिताको उपाधि नुवाकोटको अमर ज्योती क्याम्पसलाई

विदुर खबर २०८१ असोज ३ गते १४:३१

नुवाकोट । नुवाकोटको अमर ज्योती क्याम्पसले काठमाण्डैमा जारी दोस्रो अनेरास्ववियु आर आर क्याम्पस स्तरीय भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ ।

Advertisement

बिहिबार भएको फाईनलमा बानेश्वर क्याम्पसलाई ३–० को सोझो सेटमा पराजित गरि नुवाकोटको तादी गाउँपालिकामा रहेको अमरज्योती क्याम्पसले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि जितेको अमर ज्योती क्याम्पसले मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

Advertisement

प्रतियोगितामा विभिन्न जिल्लाका २० क्याम्पसहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया