आँखुखोला हाइड्रोको १४ करोडको आईपिओ खुल्यो, यस्ता छन् आवेदन गर्ने स्थान
आँखु खोला हाइड्रोपावर कम्पनी (AKHCL) ले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ।
कम्पनीले धादिङ्गका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको एक लाख ७६ हजार २० कित्ता अवितरित शेयर समेत गरि कम्पनीले सो रकमको आईपिओ जारी गर्न लागेको जनाएको छ।आँखु खोलाले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । आर्इपिओको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यस आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १७ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । तर स्थानीयबाट ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोडमध्ये दश प्रतिशतले हुने ८ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र धादिङ्गका सम्पूर्ण बासिन्दाका लागि र १५ प्रतिशत बराबरको १२ लाख कित्ता आम सर्वसाधारणका लागि बिक्री गरेको हो । धितोपत्र बोर्डले कम्पनीलाई गत असार २७ गते सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कूल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपिओ निश्काशनको अनुमति दिएको थियो ।
कस्तो छ कम्पनी ?
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ ।आयोजनाको कूल लागत २४२.७३ करोड रहेको छ । जसको प्रतिमेगावाट लागत २८।८९ करोड रहेको छ । आयोजनाले साधारण लगानी फिर्ता हुने समयवधि करिब ९ बर्ष राखेको छ ।
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र रहेको यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा रहेको छ । कम्पनीमा एक हजार १४९ जना संस्थापक शेयरधनीको ७५ प्रतिशत लगानी रहेका छ ।हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।कम्पनीले भविष्यमा अन्य आयोजना बनाउने उदेश्य राखेको छ भने सिङ्गटी साना जलविद्युत आयोजनामा ६५ हजार कित्ता अर्थात ६५ लाख रुपैयाँ लगानी गरेको छ । आर्थिक सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट यो आयोजना आकर्षक देखिएकोले आयोजनामा लगानी गरेको कम्पनीले जनाएको छ ।
यस्ता छन् कम्पनीका उदेश्य
कम्पनीले जलविद्युत उत्पादन गरि थोक तथा खुद्रा बिक्री गर्ने तथा विद्युत प्सारण लाइन, वितरण, सव स्टेशन निमार्ण तथा सञ्चालन गर्ने, विद्युत उत्पादनका लागि आवश्यक सामाग्रीको आयात निर्यात गर्नेसम्मको उदेश्य राखेको छ ।
सौर्य तथा वायु उर्जावाट विद्युत उत्पादन गर्ने।गराउने र सो सम्बन्धि प्राविधिक तथा इन्जिनियरिङ्ग सेवा उपलब्ध गराउने लगायतका उदेश्य रहेको आह्वानपत्रमा उल्लेख गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया