दुप्चेश्वरको दर्शन गर्न गएकी अधिकारी बेपत्ता

विदुर खबर २०८१ भदौ ३१ गते १८:२१
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटको सुर्गगढी गाउँपालिका वडा नम्बर ३ ढुङेचौर घर भई हाल काठमाडौंको नेपालटार बस्दै आएकी ७२ वर्षिय हिमकुमारी अधिकारी तादी खोलाले बगाउँदा बेपत्ता भएकी छिन् ।

Advertisement

दुप्चेश्वर गाउँपालिकाको पवित्र धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्नुअघि तादी खोलामा मुख धुने खोलामा जाँदा चिप्लिएर उनलाई खोलाले बगाएको स्थानियले बताएका छन् ।

आज विहान करिव साढे ९ बजेतिर खोलाले बगाएर बेपत्ता भएकी अधिकारीको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
उनको खोजीको लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरु लागिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यसैबीच खोलाले बगाएर बेपत्ता भएकी अधिकारीको खोजी कार्यलाई तदारुकताका साथ अगाडी बढाउन सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले माग गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा बेपता हुने अधिकारीको तिब्र खोजीगर्नु हुने स्थानियबासि लगायत सबै प्रती आभार ब्यक्त गरेका छन् ।

साथै कुनै पनि ब्यक्तीले उनलाई फेला पारेर खबर गरेमा ५० हजार रुपैयाँ उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

Advertisement

प्रतिक्रिया