नुवाकोटको अमर ज्योती क्याम्पस फाईनल प्रवेश

विदुर खबर २०८१ भदौ ३० गते २२:०८

नुवाकोट । नुवाकोटको अमर ज्योती क्याम्पस काठमाण्डैमा जारी दोस्रो अनेरास्ववियु आर आर क्याम्पस स्तरीय भलिवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

Advertisement

आज भएको सेमिफाईनलमा आयोजक आर आर क्याम्पसको बि टिमलाई सोझो सेटमा पराजित गर्दै नुवाकोटको अमर ज्योती क्याम्पस फाईनल प्रवेश गरेको हो ।

आर आर बि टिमलाई अमर ज्योती क्याम्पसले २५–२१,२५–२२ र २५–२० सोझो सेटमा पराजित गरेको हो ।

Advertisement

फाईनल प्रवेश गरेको अमर ज्योतीले उपाधिको लागि बानेश्वर क्याम्पससँग आगामी असोज ३ गते प्रतिष्पर्धा गर्ने छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका २० क्याम्पसहरुको सहभागिता रहेको छ ।

Advertisement

प्रतिक्रिया