पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

विदुर खबर २०८१ भदौ ३० गते २१:२०

नुवाकोट । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

Advertisement

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

Advertisement

प्रतिक्रिया