नुवाकोट निर्माण सामाग्री व्यवसायी संघको साधारणसभा सम्पन्न

विदुर खबर २०८१ भदौ २९ गते २०:१६

नुवाकोट । नुवाकोट निर्माण सामाग्री व्यवसायी संघको १३ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

Advertisement

साधारणसभाको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले नगर क्षेत्रमा आर्थिक बृद्धि बढाउन निजि क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताए । उनले निजि क्षेत्र अनुशासित र मर्यादित भएमा काम गर्न सहज हुने समेत उल्लेख गरे । मेयर श्रेष्ठले व्यवसायीहरुलाई जीवित बनाउन नगरपालिका निजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

Advertisement

यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ढिलै भएपनि नुवाकोटमा हार्डवेयर व्यवसायीहरु एक जुट भएको भन्दै खुशी व्यक्त गरे । उनले काम गर्दा नितिगत समस्या देखिएमा वाणिज्य संघ सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले निर्माण सामाग्री व्यवसायीहरुले उधारो लानेहरुको लगत राख्नुपर्ने बताए । उनले उधारो लैजाने अनि पैसा नर्तिने गरेको भन्दै आफ्नो संघमा उजुरी आइरहेको बताए । प्याकुरेललेनिर्माण क्षेत्रमा लागेका व्यवसायीहरुको ६० अर्बभन्दा बढी भुक्त्तानी गर्नुपर्ने देखिएको भन्दै सानादेखि ठुला व्यवसायी मर्कामा परेको उल्लेख गरे ।

Advertisement

यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष सन्तोष उप्रेती लगायतले निर्माण सामाग्रीहरु बिक्रि गर्दा नगदमा कारोवार गर्न आग्रह गरे ।

साधारणसभामा संघको आर्थिक वर्ष २०८०÷८१ को प्रगति तथा कार्यहरु प्रस्तुत गर्दे अध्यक्ष नविनकृष्ण राजभण्डारीले विगतमा निर्णय भई कार्यान्यनमा रहेको शनिवार पसल बन्द गर्ने कार्यक्रम संचालन भइरहेको बताए । उनले पछिल्लो समय संघलाई क्रियाशिल बनाई संघमा हुने व्यवसायीहरुको संख्या ७३ पुगेको उल्लेख गरे ।

कार्यक्रममा संघका कोषाध्यक्ष विष्णु प्याकुरेलले आयव्यय प्रस्तुत गर्दे गत आवमा दुई लाख ४९ हजार ६१ रुपैयाँ आम्दानी र एक लाख ७३ हजार ४ सय ६४ रुपैयाँ खर्च भएको बताए ।

संघले १३ औ साधारण सभाको अवसर पारेर विधान संशोधन गरेर नयाँ नाम नुवाकोट हार्डवेयर व्यवसायी संघ राख्ने बताइएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया