खेलकुदको क्षेत्रमा लगानी गर्न आवश्यक छ : मुख्यमन्त्री लामा

विदुर खबर २०८१ भदौ २९ गते १८:२६

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

Advertisement

शनिबार काभ्रेको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्ट्स हलको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुदको क्षेत्रमा खासै लगानी नगरिएको र यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका हुन् । क्याम्पसमा निर्मित स्पोर्ट्स हलले नगरमा धेरै खेलाडी उत्पादन गर्ने विश्वास रहेको बताउँदै उनले भने, ‘खेलकुदको क्षेत्रमा पनि धेरै विकास गर्न आवश्य रहेको देखिएको छ, जसका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्नेछ ।’

कार्यक्रममा उनले खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउने भएकाले सानै उमेरबाटै खेलकुदका क्रियाकलापमा सहभागी हुन पनि आग्रह गरे ।

Advertisement

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले नगरपालिका र क्याम्पसको सहकार्यमा निर्माण गरिएको यस प्रकारको खेलको विकास कार्यले खेलाडीहरुलाई थप प्रोत्सहान मिल्ने बताए ।

बनेपा नगरपालिकाको करिब ४० लाख सहयोगमा क्याप्समा स्पोर्ट्स हल निर्माण गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए ।

Advertisement

नगरपालिकाले विकाससँगै खेलकुदको विकासका लागि विभिन्न कार्य गर्दै आएको बताउँदै उनले भने, ‘नगरले ब्याटमिन्टन, बासकेटबल, कराते लगायतका विभिन्न खेलका लागि खेलमैदान निर्माण गर्ने योजना बनाइरहेको छ, यसका लागि संघ र प्रदेशबाट सहयोगको अपेक्षा राखेका छौं ।’

प्रतिक्रिया