नुवाकोटको सातबिसेबाट तीनकिलो गाँजासहित दुईजना पक्राउ

विदुर खबर २०८१ भदौ २८ गते ८:३८

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ सातबिसे बजारबाट तीन किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

Advertisement

पक्राउ पर्नेमा काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ३ बाँनियाटार हाईट बस्ने पवन नेपाली र रवि तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।

उनीहरुलाई बिहिबार दिउँसो साढे १२ बजे प्रहरी चौकी समुन्द्रटार र अस्थाई प्रहरी पोष्ट सातबिसेबाट संयुक्त रुपमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई दुप्चेश्वरबाट काठमाण्डौतर्फ जादै गरेको बा ४ ख ६३९० नम्बरको यात्रु वाहक बसबाट काठमाण्डौ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

Advertisement

पक्राउ परेका उनीहरुलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याएर अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया