सुनको मूल्यले बनायो नयाँ रेकर्ड

विदुर खबर २०८१ भदौ २६ गते १२:३७

नुवाकोट । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार ४०० रुपैयाँ रहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यस अघि गत भदौ २१ गते, सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतिताेला १ लाख ५२ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे।

Advertisement

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार एक तोलाको १ हजार ८६५ रुपैयाँमा कारोबार चाँदी, यस दिन १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया