मानव अधिकार तथा शान्ति समाज नुवाकोटको अध्यक्षमा डंगोल

विदुर खबर २०८१ भदौ २३ गते ७:३६

नुवाकोट । मानव अधिकार तथा शान्ति समाज, नुवाकोटको अध्यक्षमा पुन: नारायण मान डंगोल निर्वाचित भएका छन् ।

Advertisement

शनिवार भएको मानव अधिकार तथा शान्ति समाज, नुवाकोटको १६ औ वार्षिक साधारण सभाबाट डंगोलको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरिएको हो ।

समाजको उपसभापतिमा नानीकाजी प्याकुरेल चयन भएका छन् भने सचिवमा मछिन्द्र खड्का, सहसचिवमा रामप्रसाद रिमाल र कोषाध्यक्षमा गीता पुडासैनी निर्वाचित भएका हुन् ।

Advertisement

यस्तै सदस्यहरुमा मिन बहादुर श्रेष्ठ, अर्जुन गिरी, मेनुकादेवी श्रेष्ठ, देउती अधिकारी, मान बहादुर खड्का र भोजबहादुर नेपाली चयन भएका हुन् ।

प्रतिक्रिया