१४ किलो चरेससहित धादिङका दुईजना समातिए

विदुर खबर २०८१ भदौ २२ गते २१:३१

नुवाकोट । झण्डै १४ किलो चरेससहित धादिङका दुई जना पक्राउ परेका छन् ।

Advertisement

मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १४ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३६ वर्षीय सुकमान तामाङ र ४२ वर्षीय केदार तामाङ रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ६०६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Advertisement

प्रतिक्रिया