एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश दिने घोषणा

विदुर खबर २०८१ भदौ २१ गते १९:४९

नुवाकोट । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ।

Advertisement

कम्पनीले हाल कायम चुक्तापूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।कम्पनीको गत भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने छ भने ५.५३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश दिने छ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले लाभांश वितरण गर्नेछ।

Advertisement

हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ छ। बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया