उद्यमी गीत सार्वजनिक (भिडियो सहित)

विदुर खबर २०८१ भदौ १७ गते १३:१९

नुवाकोट । गायीका अञ्जु पन्तको स्वरमा रहेको ‘म उद्यमी…’ गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ।

Advertisement

वीरंजका सफल युवा उद्यमी गणेशप्रसाद लाठको शब्द रहेको उक्त गीतमा चक्रपाणी तिमल्सीनाले संगीत भरेका हुन् । संगीत संयोजन कुमा थापाले गरेका छन् ।

अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिल सार्की हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । गीतको म्युजिक भिडियोमा नुवाकोटकी महिला उद्यमी, नुवाकोट जिल्ला महिला उद्यमी संघकी अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत महिला उद्यमी उपसमिती संयोजक समेत रहेकी गीता अमात्यले उद्यमीको मुख्य भूमीका निर्वाह गरेकी छिन् ।

Advertisement

म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा अनिष तामाङको छायांकन र निरज भूषालको सम्पादन रहेको छ ।

प्रतिक्रिया