धादिङमा कार दुर्घटना, ३ जना घाइते

विदुर खबर २०८१ भदौ १७ गते ११:४१

नुवाकोट । धादिङमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन ।

Advertisement

धादिङको निलकण्ठ नगरपालिका वडा नम्वर ९ काे दारेगाैडामा भएकाे कार दुर्घटनामा परेको हो ।

धादिङको सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ जाँदै गरेकाे बागमती प्रदेश बी-एडी- ५१८८ नम्बरको मारुती कार अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल जंगलमा खसेको थियो ।

Advertisement

घाइते तीनै जनाकाे अवस्था सामान्य रहेकाे धादिङ प्रहरीले जनाएकाे छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे स्थानीय ठाकुर परियारले जानकारी दिए ।

प्रतिक्रिया