नुवाकोटको म्यागङमा ढुङ्गा प्रहार गरि एक जनाको हत्या

विदुर खबर २०८१ भदौ १४ गते १८:४२

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकामा ढुङ्गा प्रहार गरि एक जनाको हत्या गरिएको छ ।

Advertisement

ढुङ्गा प्रहार पछि मृत्यु हुनेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ गोगनेका चमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आज (शुक्रवार) दिउँसो करिव चारबजेतिर सो म्यागङ गाउँपालिका वडा नम्बर ३ गोगनेमा छिमेकीको घेवा सकेर फर्कने क्रममा दुईजनाविच झगडा हुँदा बिदुर नगरपालिका वडा नम्बर ७ कुबिण्डेका ६५ वर्षिय लाल बहादुर तामाङले उनलाई ढुङ्गाले प्रहार गरेका थिए ।

ढुङ्गाले टाउकोमा प्रहार गर्दा चमार तामाङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

घटनामा संलग्न भएका लाल बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।

 

Advertisement

प्रतिक्रिया