धादिङमा बस र माइक्रो एक आपसमा ठोक्किँदा आठजना घाइते
विदुर खबर
२०८१ भदौ ११ गते १४:१७
नुवाकोट । धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किँदा चार जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।
दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइ रहेको छ ।
दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको धादिङ अस्पतालका सूचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया