विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्बजनिक
विदुर खबर
२०८१ भदौ ९ गते ९:३३

नुवाकोट । गायिका विष्णु माझीको तीज गीत सार्बजनिक भएको छ ।
हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिबार सार्बजनिक गरेकी छन् ।
माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ ।
गीत सार्बजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् । गीतको रचना र संगीत सुन्दर मणि अधिकारीको रहेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया