तेस्रो पिपलटार अन्तरविद्यालय फुटसल प्रतियोगिता शुरु

विदुर खबर २०८१ भदौ ८ गते २१:४७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा शनिवारदेखि तेस्रो पिपलटार अन्तरविद्यालय फुटसल प्रतियोगिता शुरु भएको छ ।

Advertisement

पिपलटार फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ र वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले फुटसलले
फुटबल खेलको विकासको लागि सहयोग गर्ने बताए । उनले निजि क्षेत्रबाट यस्ता खेलकुद कार्यक्रम हुनुले खेल क्षेत्रको विस्तारमा सहयोग पुग्ने बताए ।

Advertisement

प्रतियोगितामा छात्रातर्फ ७ टिम र छात्रतर्फ २० टिमको सहभागिता रहेको आयोजक पिपलटार फुटवल क्लबले जनाएको छ ।

कार्यक्रममा एसइईमा जिल्लाबाट उत्कृष्ट नजिता हात पार्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

Advertisement

 

 

 

 

प्रतिक्रिया