पेट्रोलको मुल्य एकैपटक ५ रुपैयाँले घट्यो

विदुर खबर २०८१ साउन ३१ गते २०:५३

नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

Advertisement

निगमले इण्डियन आयल कर्पोरेशन(आईओसी) ले मूल्य घटाएर पठाएपछि शुक्रबार राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको बताएको छ ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ भने मट्टितेलको मूल्य प्रतिलिटर समान ३ रुपैयाँले नै घटेको छ ।

Advertisement

यससँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १५२.५० रुपैयाँ कायम भएको निगमले बताएको छ । यसअघि पेट्रोलको बिक्री मूल्य १६७.५० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ थियो ।

 

Advertisement

प्रतिक्रिया