नेपाल खेलकुद महासंघ नुवाकोटको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०८१ साउन ३० गते ९:०३
नुवाकोट । नेपाल खेलकुद महासंघ जिल्ला कार्य समितिको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् ।
मंगलवार बट्टारमा भएको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ र हरिकृष्ण क्षेत्री (प्रबिण) चयन भएका छन् भने सचिवमा महेश बखती निर्वाचित भएका छन् ।
त्यस्तै उपसचिबमा रन्जित तामाङ र सोवर्ण तामाङ चयन हुँदा कोषाध्यक्षमा सरोज डंगोल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया