मैलुङ खोलाका संस्थापकले एकै दिनमा २० प्रतिशत शेयर बेचे
नुवाकोट । आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत मैलुङ खोला जलविद्युत कम्पनीको लकिङ पिरियड खाेलेपछिको पहिलो कारोबार भयो।
आइतबार मात्रै कम्पनीको झन्डै २५ प्रतिशत शेयर दोस्रो बजारमा कारोबार भयो। एकै दिन झन्डै २५ प्रतिशत शेयर कारोबार हुनुले कम्पनीका धेरैजसो संस्थापक शेयरधनी शेयर बिक्री गरेर बाहिरिएको अनुमान गरिएको छ। नेप्सेका अनुसार दोस्रो बजारमा कम्पनीका ३७ लाख ६३ हजार कित्ता शेयर सूचीकृत छन्। जसमा ३० प्रतिशत हुन आउने ११ लाख २८ हजार कित्ता शेयर सूचीकृत थिए।
यस अघि तीनै शेयर मात्रै दोस्रो बजारमा कारोबार हुने गरेका थिए। तर आइतबार ७० प्रतिशत हुन आउने २६ लाख ३४ हजार कित्ता संस्थापक शेयरको कारोबार खुला भयो। पब्लिक शेयरको मात्रै आइतबार शेयर कारोबार भएको मान्ने हो भने ७७.८० प्रतिशत शेयर कारोबारमा आए। तर आइतबार धेरै जसो संस्थापकको शेयर बिक्रीमा आएको बताइएको छ। किनकि आइतबार ब्रोकर नम्बर ५७ मार्फत ६ लाख दुई हजार कित्ता शेयर सेलमा आयो। जुन सबैजसो संस्थापक शेयर रहेको बिक्री कर्ता ब्रोकर कम्पनीका एक अधिकारीले बताए।
आइतबार कुल आठ लाख ७८ हजार चार सय २१ कित्ता शेयर किनबेच भयो। जुन कुल सूचीकृत शेयरको २३.३४ प्रतिशत हो। जसमा १५ प्रतिशत भन्दा बढी शेयर संस्थापक हुन सक्ने अनुमान बिक्रीकर्ता ब्रोकर कम्पनीको छ। कम्पनीको एकै दिन झन्डै २५ प्रतिशत शेयर बजारमा बिक्री हुनुले दोस्रो बजारका कारोबारी नै अचम्मित देखिएका छन्। कुनै पनि कम्पनीको संस्थापक शेयर किन्ने आँट दोस्रो बजारमा कम मात्रै हुने गरेको थियो। तर बढ्दो बजारका कारण कम्पनीको शेयर एकै दिनमा त्यति धेरै बिक्री हुन पुगेको अनुमान विश्लेषकहरूले लगाएका छन्।
किनकि कम्पनीको कुल कित्ता थोरै हुनु र अर्को तर्फ तुलनात्मक रुपमा कम्पनीको मूल्य सस्तो हुनुले पनि दोस्रो बजारले आज आएको सबै शेयर पचाएको एक विश्लेषकले बताए। “एकै दिनमा कुल शेयरको झन्डै २५ प्रतिशत शेयर कारोबारमा आउनु चानचुने कुरा होइन। कुनै पनि कम्पनीको वर्षभरिमा नै १५ प्रतिशत भन्दा बढी शेयर फ्लोर हुन गारो हुन्छ। त्यसले गर्दा एकै दिन त्यति धेरै शेयर जुन मूल्यमा कारोबार भएको छ। त्यसको न्युनतम् मूल्य नै आइतबार भएको कारोबार मूल्य हुन्छ। २५ प्रतिशत शेयरको मूल्य नै बजारको मूल्य निर्धारण गर्न काफी हुन्छ। जसले गर्दा आउने दिनमा कम्पनीको शेयर मूल्य बढ्ने अनुमान गर्न सकिन्छ,” ती विश्लेषकले भने।
तर जसरी आज कम्पनीको शेयर फालिएको छ। त्यसले भने जलविद्युत कम्पनीका संस्थापकले लकिङ पिरियड खुलेपछि शेयर बिक्री गरेर भागेको अनुमान गर्न सकिन्छ। उनीहरूले कम्पनीबाट आफ्नो हात सर्लक्कै झिकेको देखिन्छ। जुन कम्पनीको लागि भने हितकर होइन। हुन त यस अघि पनि धेरै जसो जसो जलविद्युत कम्पनीका संस्थापक लकिङ पिरियड सकिएपछि शेयर बिक्री गरेर निस्कने गरेका छन्। जसले कम्पनीमा संस्थापक माथिको विश्वसनीयता कम भएको को रुपमा लिनु पर्ने हुन्छ।
हुन त नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनमा समेत धेरै जसो जलविद्युत कम्पनीका संस्थापक लकिङ पिरियड सकिएपछि शेयर बिक्री गरेर हिँड्ने गरेको देखाएको छ। जसमा नियामक निकायले समेत कुनै एक्सन लिन सकेको छैन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया