संघीयताको उपलब्धी सदुपयोग गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

विदुर खबर २०८१ साउन १६ गते ९:५१

नुवाकोट । नेपालमा कार्यान्वयनमा रहेको संघीयताले दिएको अवसर र उपलब्धीलाई सदुपयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

Advertisement

विदुरमा नेपाली काँग्रेस नुवाकोट संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालमा संघीयताका अवसर र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतकर्ता टिप्पणीकर्ता र वक्ताहरुले चुनौती र अवसरका बारे विस्तृत धारणा राख्दै यसका उपलब्धीलाई संस्थागत गरी अघि बढ्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस नुवाकोट संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा संघीय व्यवस्थाले अवसर र चुनौती दुवै एकैसाथ ल्याएको बताउनुभयो । अधिकार विकेन्द्रीकरणको अवधारणलाई संघीय व्यवस्थाले सार्थक बनाएको उनको भनाई रहेको थियो ।

Advertisement

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रजातान्त्रिक विचार समाज नुवाकोटका अध्यक्ष होमनाथ नेपाल र लेखक नारायण नेपालले संघीयताको अभ्यासको सकारात्मक पक्षबारे चर्चा गरेका थिए । उनीहरुले संघियताको कमजोर पक्ष सुधारेर संघीय व्यवस्थालाई सुदृढ गर्न सकिनेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले विकेन्द्रिकरणमा राजनीतिक दल तथा राज्यले कञ्जुस्याई गरिरहेको बताए । उनले संघ सरकारले प्रदेश सरकारलाई अधिकार दिन नचाहेको बताए ।

Advertisement

कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया