अखिल क्रान्तिकारी रसुवाको अधिवेशन भदौमा हुने

विदुर खबर २०८१ साउन १३ गते २२:०८

नुवाकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रसुवाको अधिवेशन आगामी भदौमा हुने भएको हो ।

Advertisement

क्रान्तिकारीको १२ औं अधिवेशन आउँदो भदौ १४ गते रसुवाको कालिकास्थानमा हुने भएको हो ।

साउन १२ गते बसेको जिल्ला सचिवालय कमिटीको बैठकले भदौ १४ गते अधिवेशन गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) रसुवाका इन्चार्ज अर्जुन पौडेल ले बताए । अधिवेशनमा दुई सय जना प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहने बताइएको छ ।

Advertisement

बैठकले जिल्लास्थित सबै मावि, क्याम्पस र पालिकास्तरीय सम्मेलन यहीँ साउन महिनाभित्र गरि सक्ने निर्णय समेत गरेको छ ।

अखिल क्रान्तिकारीको प्रदेश सम्मेलन भदौ २४ र २५ त्यस्तै राष्ट्रिय सम्मेलन असोज २ देखि ५ गतेसम्म हुने तय भएको छ ।

Advertisement

प्रतिक्रिया