पहिरोको कारण देविघाट गल्छी सडक अवरुद्ध

विदुर खबर २०८१ साउन ९ गते ११:१६
फोटो : शम्भु दाहाल ।

नुवाकोट । वर्षासँगै आएको पहिरोका कारण देविघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

Advertisement

विभिन्न स्थानमा आएको पहिरोको कारण सडक पुर्ण रुपमा ठप्प भएको छ । कुनै स्थानमा पहिरो त कुनै स्थानमा सडक नै भासिएको स्थानियवासीले बताएका छन् ।

अवरुद्ध सडक खुलाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले केही समयको लागि बैकल्पिक सडक प्रयोग गर्न समेत आग्रह गरेको छ ।

Advertisement

यसैबिच लगातारको वर्षापछि नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरो आएपनि कनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया