रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ
विदुर खबर
२०८१ साउन ८ गते १०:२८
नुवाकोट । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नुर्वु मानव वेचबिखनको कसुरमा पनि पक्राउ परेका व्यक्ति हुन् । घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीको आधारमा घले पक्राउ परेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया