बालेन र राजनले विदुरको धार्मिक क्षेत्रको प्रर्वद्धनमा सहकार्य गर्ने

विदुर खबर २०८१ साउन ५ गते १५:३९

नुवाकोट । विदुर नगरपालिमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरको संरक्षणमा काठमाडौं महानगरपालिकाले विदुर नगरपालिकालाई सहयोग गर्ने भएको छ ।

Advertisement

विदुर नगरपालिकाभित्र रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र प्रवर्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै विदुर नगरपालिका र महानगरपालिका भित्रका सांस्कृतिक सम्पदाहरूको पारस्पारिक सम्बन्धलाई जोड्दै अगाडि लाने विषयमा काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भएको छलफलमा मेयर शाहले उक्त प्रतिवद्धता जनाउनु भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

मेयर शाहले नुवाकोट जिल्लाको धार्मिक क्षेत्रहरु, स्वयम्भु चैत्य ,बुद्ध बिहार, उत्तरगयाधाम, ऐतिहासिक नुवाकोट दरबार लगायतका क्षेत्रहरुको संरक्षणमा आफूहरुसँग प्राविधिकहरुलाई खटाएर विकास र संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको मेयर श्रेष्ठले बताए ।

Advertisement

बोलनसँगको भेटमा राजधानी काठमाडौंसँग जोडिएका धार्मिक परम्परा अनुसारका सिन्धुरे जात्रा लगायतका जात्रा तथा अन्य मेलाहरुको प्रचार प्रसार तथा संरक्षणका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

भेटमा मेयर श्रेष्ठले समग्र नगरभित्र रहेका धार्मिक , ऐतिहासिक, क्षेत्र तथा परम्पराको संरक्षणका लागि सहकार्यको प्रस्तावसहित पत्र समेत हस्तान्तरण गरेका थिए । विदुर नगरपालिकाको तर्फबाट मेयर श्रेष्ठले नुवाकोट साततले दरबार, भैरवि मन्दिर, त्रिवेनी स्थल जालपा क्षेत्र, जलविहार,डिसिल्ट्याकीं, वेत्रावति उत्तरगया धाम, स्वयम्भु चैत्य लगायतका विभिन्न कला, संस्कृति तथा भौतिक तथा अभौतिक सम्पदाहरूको अवगत गराउदै सोको संरक्षण र प्रचार साथै आधुनिक नेपालको एकीकरण गर्दा पृथ्वी नारायण शाहले प्रयोग गरेको र हाल नेपाली सेनाले प्रयोगमा ल्याएको एकीकरण पथमार्ग गोर्खा दरबार, नुवाकोट दरबार, हनुमानढोका दरबारलाई व्यवस्थित पथमार्गको रूपमा विकसित गर्र्न लगायतका प्रस्ताव पेश गरेका थिए ।

Advertisement

मेयर शाहबाट सकारात्मक सुझाव तथा सहयोग प्राप्त भएको भेटमा सहभागि विदुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष गणेश नेपालले जानकारी दिए ।

नुवाकोट जिल्ला धार्मिक, ऐतिहासिक र पर्यटकीयरुपमा उत्कृष्ट जिल्ला रहेपनि त्यसको प्रचार प्रसार र आवश्यक संरक्षण हुन नसक्दा पछि पर्दै आएको छ ।

भुकम्पपछि चीन सरकारले पुननिर्माण गर्ने सम्झौता गरेको नुवाकोटको साततले दरबारको अझै पनि पुन निर्माण हुन सकेको छैन ।

 

प्रतिक्रिया