ककनी गाउँपालिकाका पुर्व अध्यक्ष लामा एमाले प्रवेश

विदुर खबर २०८१ साउन ५ गते ७:३२

नुवाकोट । ककनी गाउपालिका पुर्ब अध्यक्ष तथा माओवादीका नेता मान बहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

Advertisement

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट शानदार मतकासाथ ककनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका लामालाई नेकपा एमालेले सदस्यतासहित पार्टीमा भित्राएको हो ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

Advertisement

सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य केशव पाण्डे, नेता नारायण खतिवडा,प्रदेश सदस्य ठाकुर गजुरेल,विन्दा ढुंगाना,जिल्ला अध्यक्ष बद्री मैनाली,जिल्ला सदस्य विष्णु दाहालसहितका नेताहरुको उपस्थिति रहेको थियो ।

लामा द्वन्द्वको समय देखिनै माओवादीमा क्रियाशिल रहदैआएका थिए । उनको सक्रियताका कारण ककनीमा माओवादी पहिलो दलको रुपमा स्थापित समेत भएको थियो ।

Advertisement

२०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी पुन ः गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने प्रयासमा थिए । तर पार्टीभित्रको आन्तरिक किचलोका कारण आन्तरिक निर्वाचन गरेर नै उनलाई उम्मेदवार बन्न रोकिएको थियो ।

लामा केही समय अघिदेखि राजनीतिमा निश्क्रिय रहेका थिए ।

उनले २०७४ सालको स्थानिय तहको निर्वाचनमा ४ हजार ५ सय ५४ मत प्राप्त गरि ककनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया