नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाको कारण १२ जनाको मृत्यु

विदुर खबर २०८१ साउन ४ गते २१:४६

नुवाकोट । नुवाकोटमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

Advertisement

विसं २०८० साउनदेखि २०८१ असारसम्म सडक दुर्घटनाबाट १२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ९ पुरुष र ३ महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजंग कार्कीले जानकारी दिए ।

सो अवधिमा ८८ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी एकसय ७१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कार्कीले विदुर खबरलाई जानकारी दिए ।

Advertisement

‘सवारी दुर्घटना कम गर्न जति काम गरे पनि प्रभावकारी देखिएको छैन,’ प्रमुख कार्कीले भने । जिल्लामा गत आवमा ७९ सवारीसाधन दुर्घटनामा परेका थिए ।

आर्थिक वर्ष ०७८÷७९ र ०७९÷८० मा नुवाकोटमा सवारी र्दुघटनामा परी समान १४÷१४ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७७÷७८ मा ११ जनाको मृत्यु भएको थियो ।

Advertisement

नुवाकोटमा पछिल्लो समय सडक र्दुघटना बढीरहेको भन्दै सरोकारवाहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया