ककनीका कृष्णबहादुर भरुवा बन्दुकसहित पक्राउ

विदुर खबर २०८१ साउन २ गते २२:२१

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका एक बृद्ध भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

Advertisement

ककनी गाउँपालिका वडा नम्बर ४ ओख्ले बस्ने ६० वर्षिय कृष्ण बहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

भरुवा बन्दुकसहित पक्राउ परेका तामाङ ।

तामाङले घरको कोठामा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी अधिकृत सहितको उनलाई बुधवार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।

Advertisement

उनको घर खानतलासी गर्दा भरुवा बन्दुक एक थान फेला परेको थियो । अवैध रुपमा भरुवा बन्दुकसहित पक्राउ परेका तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याएर अनुसन्धान भइरहेको छ ।

 

Advertisement

प्रतिक्रिया